19th October | 2019 | Saturday | 7:26:16 AM

गढीमाईलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छः राष्ट्रपति

  POSTED ON : मंसिर ८, २०७३ (५:०६ PM)

गढीमाईलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छः  राष्ट्रपति

बीरगन्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले गढीमाई मन्दिरलाई लुम्बिनी र पशुपतिनाथको जस्तो धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्न बताएकी छिन् । बाराको गढीमाई नगरपालिकास्थित शक्तिपीठ गढीमाईको पूजाअर्चनापछि आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गढीमाईलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न बृहत्तर गुरुयोजना बनाई सरकारसमक्ष पेस गर्न सुझाव दिइन्। राष्ट्रपति भण्डारीले गढीमाईको विकास गर्ने गुरुयोजना कार्यान्वयनका लागि आफूले सरकारलाई घचघच्याउने बताइन् । रासस

Views: 82