10th December | 2019 | Tuesday | 2:12:51 AM

प्रधानमन्त्रीको निर्देशनपछि तामाङको शब काठमाडौंमा

  POSTED ON : मंसिर ८, २०७३ (५:२० PM)

प्रधानमन्त्रीको निर्देशनपछि तामाङको शब काठमाडौंमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष निर्देशनपछि मलेसियामा मृत्यु भएका पूनर्बास नगरपालिका, चगाउँ, कञ्चनपुरका २९ वर्षीय सन्तबहादुर तामाङको शब काठमाडौं ल्याइएको छ । वैदेशिक रोजगारीको क्रममा २ वर्ष अघि मलेसिया पुगेका तामाङको मंसीर २ गते अकस्मात् मृत्यु भएको थियो । मृतकका परिवारले मंसीर ६ गते मृतकको शब नेपाल ल्याउने व्यवस्था मिलाई दिन प्रधानमन्त्री कार्यालयमा अनुरोध गरेका थिए । मृतकका आफन्तको अनुरोधपछि नेकपा माओवादी केन्द्र कञ्चनपुर जिल्ला पार्टीको समन्वय र प्रधानमन्त्री कार्यालयको विशेष पहलमा तामाङको शब नेपाल ल्याइएको हो । तामाङको शब नेपाल ल्याउने प्रक्रियाका लागि प्रधानमन्त्री कार्यालयले श्रम मन्त्रालय, परारष्ट्र मन्त्रालय र मलेसियाको नेपाली दूताबाससँग समन्वय गरेको थियो । तामाङको शब मंसीर ८ गते दिउँसो १ बजे त्रिभूवन बिमानस्थल ल्याइएको थियो । आज नै तामाङको मृत शरिर गृह जिल्ला कञ्चनपुर पठाइएको माओवादी नेतृ बिना मगरले जानकारी दिइन् । तामाङको शब कञ्चनपुर लैजाने व्यवस्था प्रधानमन्त्री कार्यालयले मिलाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Views: 65