22nd May | 2019 | Wednesday | 3:21:57 AM

पत्रकार बोहराको निधन

  POSTED ON : मंसिर १०, २०७३ (४:३१ PM)

पत्रकार बोहराको निधन

काठमाडौँ नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका निवर्तमान अध्यक्ष कर्ण बोहराको शुक्रवार आकस्मिक निधन भएको छ । केही दिनदेखि मध्यबानेश्वरस्थित भेनस अस्पतालमा मिगौ रोग लागी उपचाररत आफ्नी श्रीमती ममताको कुरुवा बस्दै आउनुभएका बोहोराको ४० वर्षका उमेरमा निधन भएको अस्पतालले जनाएको छ । बझाङ, स्याँडी गाविसमा जन्मनुभएका बोहोरा ‘रेडियो पश्चिमाञ्चल नेपाल’का सञ्चालक, ‘न्युज २४’ पश्चिमाञ्चल ब्युरो प्रमुख एवम् प्रेस चौतारी नेपालका जिल्ला शाखा संस्थापक समेत थिए । हाल भीमदत्त नगरपालिका कञ्चनपुरमा बस्दै आएका बोहोराले केही समयदेखि मुटुको उपचार गराउँदै आएका थिए ।रासस

Views: 57