25th May | 2019 | Saturday | 2:32:43 AM

डा केसीको समर्थनमा प्रर्दशन, माग पूरा गराउन दबाब

  POSTED ON : मंसिर १०, २०७३ (५:५१ PM)

डा केसीको समर्थनमा प्रर्दशन, माग पूरा गराउन दबाब

हिमालय टाइम्स काठमाडौं । त्रिभुवन बिश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक डा गोविन्द केसीको मागका विषयमा सरकारले चासो नदेखाएको भन्दै त्यहाँका आवासीय चिकित्सकहरूले बहिरंग सेवा बहिष्कार गरेका छन् । चिकित्सा शिक्षामा सुधारको माग राखी १३ दिनदेखि आमरण अनसनरत डा केसीको मुद्दा सुनुवाइ नगरे अस्पतालका सबै सेवा बन्द गर्न आफूहरू बाध्य हुने चेतावनीसमेत उनीहरुले दिएका छन् । प्रधानमन्त्री कार्यालय बालुवाटारमा दबाबस्वरूप ¥यालीको आयोजना गर्दै आवासीय चिकित्सकहरूले शुक्रबार चाँडो माग पूरा गर्न दबाब दिएका हुन् । डा केसीको मागको विषयमा सरकारले चाँडो कुनै सकारात्मक कदम चाल्नुपर्नेमा समेत उनका समर्थकहरुले जोड दिएका छन् । केसीको स्वास्थ्यस्थिति नाजुक बन्दै गइरहँदा पनि सरकारले यस विषयमा कुनै चासो नदेखाएको उनीहरूले गुनासो गरेका छन् । प्रदर्शनमा चिकित्सकहरूले डा. केसीले उठाएका माग तत्काल सम्बोधन गर्नुपर्ने र उनको जीवनसमेत रक्षा गर्नुपर्ने माग गरेका थिए । माग पूरा नगरे चिकित्सकहरूले शनिबार ११ बजे विशाल जनप्रदर्शनसमेत गर्ने जनाएका छन् । बिहान ११ बजे माइतीघर मण्डलामा भेला भई प्रदर्शन गर्ने उनका सहयोगीहरुले जनाएका छन् । डा केसी उपकुलपति डा. खनियाँलाई पदबाट बर्खास्त गरिनुपर्ने, आइओएमलाई पूर्ण स्वायत्तता संस्था बनाइनुपर्ने, संसद्बाट चिकित्सा शिक्षा ऐन पारित गर्दा आफूहरूले सुझाएका संशोधनहरू समेटी माथेमा प्रतिवेदन र विगतका सम्झौताहरूअनुकूल हुनेगरी पारित गरिनुपर्ने माग राखेका छन् । उनले एमबिबिएस र बिडिएस कार्यक्रमको शुल्क अघिल्लो सालमा जस्तै कार्यान्वयन गरिनुपर्ने, चिकित्सा शिक्षा ऐन नबन्दै विस्तारित कार्यक्रम वा अन्य कुनै बहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, (एमबिबिएसमा उपत्यकाभित्र ३५ लाख, उपत्यकाबाहिर ३८.५ लाख, बिडिएस २० लाख) कायम गर्न तत्काल विश्वविद्यालयलाई निर्देशन दिनुपर्ने, अख्तियार अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग प्रक्रिया तत्काल निष्कर्षमा पु¥याइनुपर्ने माग अघि सारेका छन् । सरकारी शिक्षण संस्थाहरूमा शतप्रतिशत सिट निःशुल्क गरिनुपर्ने, यसैगरी जयराम गिरी समितिले दोषी ठह¥याएका आइओएमका पूर्वपदाधिकारीलाई तत्काल कारवाही गरिनुपर्ने मेडिकल शिक्षामा भएका अनियमिततामाथि छानबिन गरिनुपर्नेलगायत मागलाई अघि सारी अनसन बसेका छन् ।

Views: 61