20th July | 2019 | Saturday | 11:34:46 PM

डा. केसीसँग वार्ता गर्न सरकारद्वारा टोली गठन

  POSTED ON : मंसिर ११, २०७३ (१०:०५ AM)

डा. केसीसँग वार्ता गर्न सरकारद्वारा टोली गठन

काठमाडौँ। सरकारले अनसनरत चिकित्सक डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव रहेको एक टोली गठन गरेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै झण्डै दुई सातादेखि आमरण अनशनमा बसेका डा केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेती रहेको वार्ता टोली गठन गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा टोली गठन भएको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिए । सरकारले डा केसीका पूरा हुन सक्ने माग सम्बोधन गर्न तथा उहाँको जीवन रक्षाका लागि टोलीका तर्फबाट सक्दो प्रयास गर्ने स्वास्थ्य सचिव डा उप्रेतीले बताए । केहीदिन अघि स्वास्थ्यमन्त्री गगनकुमार थापाले डा केसीलाई भेटी समस्या समाधनका लागि वार्ता टोली बनाउने वचन दिएका थिए। डा केसी अनसनमा बसेको यो दसौँ शृङ्खला हो । रासस

Views: 74