22nd May | 2019 | Wednesday | 3:35:26 AM

राष्ट्रिय मुद्दामा दलहरु एकै ठाउँमा उभिनुपर्छः सभामुख

  POSTED ON : मंसिर ११, २०७३ (२:०४ PM)

राष्ट्रिय मुद्दामा दलहरु एकै ठाउँमा उभिनुपर्छः सभामुख

काठमाडौँ। सभामुख ओनसरी घर्तीले राष्ट्रिय मुद्दामा राजनीतिक दलहरुको सहमति बेगर हामीले अरु विकल्प खोज्न नहुने बताएकी छन् । रुसी महासङ्घको साताव्यापी भ्रमण पूरा गरेर शनिवार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभामुख घर्तीले दलहरुले जसरी मिलेर संविधान जारी गरे, त्यसरी नै अब आउने राष्ट्रिय मुद्दामा पनि एकै ठाउँमा उभिनुपर्ने बताइन् । अवश्य पनि दलहरुका बीचमा छलफल र बहस हुन्छ, भिन्नभिन्न विचारको बीचमा प्रतिस्पर्धा हुन दिनुपर्छ, तर निष्कर्ष आउने बेलामा दलहरु एक ठाउँमा उभिनुपर्छ – सभामुख घर्तीले भनिन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा चलिरहेको महाभियोग प्रस्तावसम्बन्धी छलफल अब छिट्टै सकिने र त्यसको लगत्तै समितिमा पठाइने सभामुख घर्तीले जानकारी दिइन् । नेपाल र रुसी महासङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको उपलक्ष्यमा त्यहाँको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मात्भियन्कोको मैत्रीपूर्ण निमन्त्रणामा सभामुख घर्तीको नेतृत्वमा व्यवस्थापिका–संसद्को एक प्रतिनिधिमण्डल मङ्सिर ४ गते त्यसतर्फ गएको थियो । रासस

Views: 54