27th May | 2019 | Monday | 3:56:15 PM

दुर्घटनामा दुई जनाको मृत्यु

  POSTED ON : मंसिर ११, २०७३ (२:१५ PM)

पोखरा। पोखरा उपमहानगरपालिका– १७ दोविल्लामा शनिवार ग१च ४८८९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटका २० वर्षीय अरवेन्द्र चौधरी र भारतको कोलकाताकी १४ वर्षीया लीला मेहत्रा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चौधरीको नमस्ते अस्पताल विरौटा तथा मेहत्राको फेवासिटी अस्पताल नागढुङ्गामा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेको ती दुवै अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । वनभोज खाएर फर्कने क्रममा जीप सडकमा पल्टिएको थियो । रासस

Views: 65