26th March | 2019 | Tuesday | 1:36:37 AM

डोटीमा जन्ती बोकेको जिप दुर्घटना, दुईको मृत्यु, १४ घाइते

  POSTED ON : मंसिर १२, २०७३ (५:३५ AM)

डोटीमा जन्ती बोकेको जिप दुर्घटना, दुईको मृत्यु, १४ घाइते

डोटी । डोटीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । डोटीको कफल्लेकी गाविसबाट दुलही लिएर फर्केको जिप शनिबार राति डोटीकै लाटामाण्डौ गाविसको वडा नं २ र ३ को सिमानामा पर्ने झाँसीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा लाटामाण्डौँ गाविस–२ बस्ने ३० वर्षीय बिरी ताम्राकार र जिजौडामाण्डौ गाविस– ८ बस्ने ४५ वर्षीय गौरीशङ्कर नेपाली छन् । लाटामाण्डौका बिरी ताम्राकारको डडेल्धुरास्थित टिम हस्पिटलमा र जिजौडामाण्डौका गौरीशङ्कर नेपालीको कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । रासस

Views: 54