18th November | 2019 | Monday | 5:19:30 AM

राष्ट्रसंघीय नियोगमा कार्यरत दुई नेपालीको सुडानको डार्फरबाट अपहरण

  POSTED ON : मंसिर १३, २०७३ (५:४१ PM)

राष्ट्रसंघीय नियोगमा कार्यरत दुई नेपालीको सुडानको डार्फरबाट अपहरण

सुडान(प्रेस टिभी)। सुडानको द्वन्द्वग्रस्त क्षेत्र पश्चिम डार्फरबाट हतियारधारी समूहले संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोग (यूएनएचसीआर) मा कार्यरत दुई नेपाली र एक सुडानी नागरिकलाई अपहरण गरेको छ । ‘हतियारधारी समूहले आइतवार यूएनएचसीआरमा कार्यरत तीनजना कर्मचारीलाई जिनिनाबाट अपहरण गरेका हुन् ।  पश्चिम डार्फरको राज्य सरकारका प्रवक्ता अब्देल्ह मुस्तफाले दुई जना नेपाली र एक सुडानी नागरिक अपहरणमा परेका र उनीहरुको खोजी भइरहेको समाचार संस्था एएफपीलाई बताएका प्रेस टिभीले जनाएको छ । डार्फरमा सन् २००३ देखि भड्किएको गृहयुद्धमा ३ लाखजनाले ज्यान गुमाइसकेका छन् भने २५ लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले बताएको छ ।

Views: 150