18th November | 2019 | Monday | 3:56:42 AM

राष्ट्रपति र तीन दलका शीर्ष नेतावीच संविधान कार्यान्वयनका बारेमा छलफल

  POSTED ON : मंसिर १३, २०७३ (१०:१३ PM)

राष्ट्रपति र तीन दलका शीर्ष नेतावीच संविधान कार्यान्वयनका बारेमा छलफल

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनका विषयमा प्रमुख तीन राजनीतिक पार्टीका शीर्ष नेतासँग सोमबार छलफल गरेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संविधान कार्यान्वयन गर्ने क्रममा संशोधनलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरेकी हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ भएको भेटवार्तामा संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा प्रमुख तीन दलका शीर्षस्थ नेतासँग सामूहिक छलफल भएको राष्ट्रपतिका स्वकीय उपसचिव दीपा शर्माले जानकारी दिइन् । उनका अनुसार राष्ट्रपति भण्डारीले सोमबारै सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पनि संविधान कार्यान्वयनका विषयमा छलफल गरेकी थिइन् । केही दिनयता राष्ट्रपतिले मधेस केन्द्रित राजनीतिक दलका नेतासँगको छलफललाई तीव्र बनाउँदै आएकी छिन् । संविधान संशोधनका विषयमा उठेका विषयलाई कसरी निष्कर्षमा पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ । रासस

Views: 115