15th September | 2019 | Sunday | 7:53:46 PM

ज्वाँइद्वारा ससुराको हत्या

  POSTED ON : मंसिर १४, २०७३ (११:०१ AM)

वीरगन्ज । पर्साको बिरुवागुठी–१, रामतोला बस्ने ८३ वर्षीय धनबहादुर मगरलाई उनकै छोरीज्वाइँ ५५ वर्षीय शेरबहादुर पहरीले घाँटी थिची हत्या गरेका छन् । सिन्धुपाल्चोक चैनपुर–४ घर भई ३० वर्षदेखि त्यहीँ बस्दै आएका पहरीले के कति कारणले आफ्नो ससुराको हत्या गरेको हो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । मंगलबार विहान हत्या गरी फरार भएका पहरीलाई प्रहरीले व्यापक खोजतलास गरिरहेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए। मृतक मगरको शवलाई परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । रासस

Views: 118