15th September | 2019 | Sunday | 8:06:43 PM

कोलम्बियामा विमान दुर्घटना परी ७७ जनाको मृत्यु

  POSTED ON : मंसिर १४, २०७३ (४:४६ PM)

कोलम्बियामा विमान दुर्घटना परी ७७ जनाको मृत्यु

कोलम्बिया(एजेन्सी) । ब्राजिली फुटबल टोलीका सदस्य चढेको विमान कोलम्बियामा दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको छ। पाँच जना जीवित भेटिएको प्रहरीले जनाएको छ। विमानमा ७२ यात्रु र ९ चालक दल सदस्य सहित ८१ जना सावर थिए। चार्टर्ड सो विमानमा ब्राजिलको उच्च तहको सापेक्विन्स फुटबल टोलीका सदस्य सवार थिए। उनीहरु मेडेलियनको कोपा सुअमेरिकाना फुटबल प्रतियोगितामा मेडेलियनकै अर्को क्लब एट्लेटिको नाक्योनलविरुद्ध खेल्न गइरहेका थिए। दक्षिण अमेरिकाकै दोस्रो ठूलो महत्वपूर्ण क्लब प्रतियोगिताको पहिलो लेगको फाइनल खेल्न मेडेलियन जाँदा विमान दुर्घटनामा परेको हो। आयोजक दक्षिण अमेरिकन फुटबल कन्फडेरेसनले निर्धारित खेल सहित सबै खाले गतिविधि रद्द भएको जनाएको छ। सो विमानमा बाँचेका मध्ये एक जना सापेक्विन्सका डिफेन्डर एलन रसेल भएको पुष्टि भएको छ। टोलीका अरु दुई सदस्यहरु पनि जीवित रहेको बताइएको छ। गोलकिपर ज्याक्सन फोलम्यान, डेनिलो तथा फिजियोथेरापिष्ट पनि जीवित रहेको जनाइएको छ।

Views: 105