15th September | 2019 | Sunday | 8:47:29 PM

बुधवारदेखि रेजिडेन्ट डाक्टरहरु आकस्मिक बाहेकका सेवामा सहभागी नहुने

  POSTED ON : मंसिर १४, २०७३ (५:४७ PM)

बुधवारदेखि रेजिडेन्ट डाक्टरहरु आकस्मिक बाहेकका सेवामा सहभागी नहुने

हिमालय टाइम्स काठमाडौं । विगत १७ दिनदेखि आमरण अनसनरत प्राडा गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालको नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसनले बुधवारदेखि आकस्मिक बाहेकका कुनै सेवामा पनि सहभागी नहुने बताएको छ । एसोसियसनको मंगलबार बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो दशौंपटक अनशनमा बसेका डा। केसीको मागको १७ औं दिनसम्म पनि कुनै सुनुवाई नभएपछि एसोसियसन यस्तो निर्णय लिन बाध्य भएको एसोसियसनका अध्यक्ष डा. लीजन महर्जनले बताएका छन् । यस अभियानमा साथ दिन यनप्हश्रदृ सबैसँग अपिल गरेका छन् । डा। केसीका माग पूरा गराउन दबाव दिने उद्देश्यले रेजिडेन्ट डक्टरहरुले बिभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् । यसअघि उनीहरुले बहिरङ सेवामा काम गरेका थिएनन् । डा. केसीको समर्थनमा मंगलबार वीर अस्पताल अगाडि डाक्टरहरुले धर्ना पनि दिए ।

Views: 117