Date:2017/11/23 |Thursday

कर फर्छोटका विषयमा महतले भने ‘कालोले अरुलाई पनि कालो नै देख्छ’

Posted on: July 17, 2017 | views: 74 |

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले कर फर्छोट आयोगका पदाधिकारीहरुलाई आफूले लुकाएको भनेर आरोप लगाउनु नै हाँस्यस्पद र मिथ्या भएको टिप्पणी गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने,‘मैले लुकाएँ भनेर बाहिर हल्ला चलाइएको छ, यो जत्तिको हाँस्यस्पद अरु के हुन सक्छ ?’

महतले आफू त्यस्तो प्रकृतिको मान्छे नभएको समेत स्पष्ट पारेका छन् । उनले भने,‘मलाई लगाईएको आरोप गलत हो, आफू कालो हुनेले अरुलाई पनि  कालो नै देख्छ, मलाई लगाईएको आरोपको म जहाँसुकै गएर भएपनि फेस गर्न तयार छु।’

यो विषय अदालतमा पुगिसकेकोले आफूले त्यसबारे टिप्पणी गर्न नमिल्ने उनले बताए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं