Date:2017/08/18 |Friday

प्रधानमन्त्रीको भारत भ्रमणअघि निर्वाचन मिति घोषणा हुन्छ : वाणिज्य मन्त्री

Posted on: August 11, 2017 | views: 32 |

काठमाडौँ । वाणिज्यमन्त्री मीन विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणअघि नै निर्वाचनको मिति घोषणा हुने बताएका छन् । 

मन्त्री विश्वकर्माले रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैदिन गर्न निर्वाचन आयोगले सहमति दिनासाथ मिति घोषणा गर्ने गरी तयारी भएको बताए । प्रधानमन्त्री देउवा भदौ ७ गते भारत भ्रमणमा जाने सम्भावित मिति तय गरिएको छ । 


उनले भने– “निर्वाचन संविधानद्वारा निर्दिष्ट समयसीमाभित्र गर्न सरकार प्रतिबद्ध छ, माग ७ गते सबै चुनाव सक्नुपर्ने समयसीमा रहेकाले प्राकृतिक कारण मंसिर १० गतेसम्म दुवै निर्वाचन सक्नैपर्ने बाध्यात्मक परिस्थिति छ ।” राजनीतिक दृष्टिकोणबाट सबै तहको निर्वाचन हुन्छ भन्ने कुराको नजिक पुगिएको छ । 

“जनशक्ति, प्राविधिक र सुरक्षाको दृष्टिकोणबाट एकै चरणमा दुवै निर्वाचन गराउन सकिन्न भन्ने निर्वाचन आयोगको धारणा रहेकाले त्यस विषयमा छलफल भइरहेको छ”, मन्त्री विश्वकर्माको भनाई थियो । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं