21st May | 2018 | Monday | 9:54:17 AM

जिससमा काँग्रेस–माओवादी गठबन्धन

  POSTED ON : Friday, 11 August, 2017 (7:25:48 PM)

जिससमा काँग्रेस–माओवादी गठबन्धन

अर्घाखाँची । जिल्ला समन्वय समितिमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धनको मात्र उम्मेदवारी परेको छ । 

सोअनुसार अध्यक्षमा कांग्रेसका पीताम्बर शर्मा भुसाल र उपाध्यक्षमा माओवादी केन्द्रका ऋषिबहादुर पुलामीले उम्मेदवारी दर्ता गरेका छन् । खुला सदस्यमा माओवादी केन्द्रबाट ढालबहादुर राउत क्षेत्री र रेमबहादुर राना मगर तथा कांग्रेसबाट शमशेर दिन मियाँको उम्मेदवारी परेको छ । 

महिला सदस्यमा विमला परियार, झमकुमारी श्रेष्ठ र लक्ष्मी पौडेल तथा दलित सदस्यमा बलेन्द्र विकले उम्मेदवारी दर्ता गरेको निवार्चन समितिका सदस्य टेकराज गैरेले जानकारी दिए । मनोनयन दर्तासँगै सबै पद निर्विरोध हुने निश्चित भएको छ । 

नेकपा (एमाले)ले भने कुनै पनि पदमा उम्मेदवारी दर्ता गराएको छैन । निर्वाचन आगामी भदौ १ गते हुँदैछ । रासस