Date:2017/10/23 |Monday

बाढीपहिरोको चपेटामा परेकालाई उद्धार र राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

Posted on: August 12, 2017 | views: 67 |

हिमालय टाइम्स काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत उपलब्ध गराउन सम्बन्धित जिल्लाका स्थानीय प्रशासनहरूलाई निर्देशन दिएका छन्। 

शुक्रबार रातिदेखि अविरल वर्षसँगै आएको बाढीले तराईका विभिन्न जिल्लामा दुई दर्जनभन्दा बढीले ज्यान गुमाएका छन् भने त्यसैगरि पहाडि जिल्ला पहिरोले धनजनको क्षति पुगेको छ ।

बाढी र पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र तिनका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै प्रधानमन्त्री देउवाले यो विपतको घडीमा एक ढिक्का हुन सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं