21st May | 2018 | Monday | 9:53:41 AM

जिल्ला समन्य समितिमा एमाले–फोरम गठबन्धन विजयी

चन्द्रकान्त खनाल   POSTED ON : Saturday, 12 August, 2017 (5:55:16 PM)

जिल्ला समन्य समितिमा एमाले–फोरम गठबन्धन विजयी

रुपन्देही । जिल्ला समन्वय समिति रुपन्देहीमा एमाले–फोरम नेपाल गठबनधन बिजयी भएको छ । प्रमुखमा एमाले–फोरम नेपाल गठबन्धनका एकराज बिश्वकर्मा बिजयी भएका छन भने उपप्रमुखमा पनि गठबन्धनकै पशुपति प्रसाद यादव विजयी भए । बिश्वकर्मा एमालेका तर्फबाट उम्मेदवारीहुने भने यादवले फोरम नेपालबाट उम्मेदवारी हुन ।

बिश्वकर्माले २७ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्दी काग्रेस माओवादी केन्द्र गठबन्दका बिष्णु प्रसाद बस्यालले ५ मत प्राप्त गरेका छन ।उपप्रमुखमा फोरम नेपालका यादवले २४ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्दी काग्रेस माओवादी केन्द्र गठबन्दनका सदाबृक्ष तेलीले ८ मत प्राप्त गरे ।

 बस्याल काग्रेसबाट उम्मेदवार हुन भने तेलीले माओवादी केन्द्रबाट उम्मेदवारी थिए । सदस्यमा पनि एमाले–फोरम गठबन्धनले नै जितेको छ । जिल्ला समन्वय समितिको महिला सदस्यमा जमुना लम्साल,  ज्ञानु विक र सरोजा कुमारी बढई  रहेका छन लम्सालले र बिकले समान २६÷२६ मत ल्याउनु भएको छ भने बढईले २३ मत ल्याएका थिए ।

लम्साल र बिक एमालेबाट उम्मेदवारी  हुन भने  बरईले फोरम नेपालबाट उम्मेदवारी हुन । दलित तथा अल्पसङख्यक सदस्यमा फोरम नेपालका छोटे चमार २३ मत ल्याएर बिजयी भए । त्यस्तै खुल्ला सदस्यमा एमालेका तर्फबाट कविराम अर्याल र खेम प्रसाद लुईटेलले २६÷२६ मत ल्याएर बिजयी भए भने फोरम नेपालका रियाज अहमदले २२ मत ल्याउदै बिजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले जानकारी दिए।

बिजयी प्रमुख, उपप्रमुख तथा सदस्यहरुले आज सपथ लिएका छन् । रुपन्देहीमा १६ स्थानिय तहका ३२ जना प्रतिनिधिले मतदान गरेका थिए । त्यसमध्ये ५ बटा महिला सदस्य ३ वटा खुल्ला सदस्य र २ बटा दलित सदस्यमा मत बदर भएको थिए ।