Date:2017/10/23 |Monday

गृहमन्त्रीद्धारा बाढीपहिरोमा परेकालाई उद्धार कार्य तिव्र पार्न निर्देशन

Posted on: August 12, 2017 | views: 50 |

हिमालय टाइम्स काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले देशैभर बाढी पहिरोका कारणले मृत्यु हुनेहरु प्रति सम्वेदना व्यक्त गर्दै उद्धार कार्य तिव्र पार्न निर्देशन दिएका छन् । 

शनिबार गृहमन्त्रालयमा पत्रकारहरुसँग बोल्दै उनले देशैभरको जनधनको क्षतिका बारेमा अवगत गराएका थिए ।

जस अनुसार हाल सम्म प्राप्त जानकारी अनुसार झापामा ४, मोरंङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरी करिब ३० जना मानिसहरुको मृत्यु भएको छ भने, कैयोँ बेपत्ता भएका छन् । सम्पर्क विच्छेद भएका कारण यकिन विवरण आउन सकेको छैन । 

गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रहरुमा जानका लागि विमान स्थलमा खाद्द तथा उद्धार सामाग्रीहरु स्टेन्डबाई राखे पनि मौसम प्रतिकुल भएको कारणले आफु जान् नसकेको बताएका छन् । मौसमले साथ दिन बित्तिकै त्यस तर्फ प्रस्थान गर्ने जानकारी गराए । 

गृहमन्त्री शर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उद्धार कार्यका कुशल जवानहरुलाई परिचालित गर्न केही समय अघिनै निर्देशन दिएका छन् । मध्य पहाडी क्षेत्रमा पनि पहिरोका कारणले मानिसको जनजीवन प्रभावित भएको छ । उनले डुबानमा परेका जनता, राजनीतिक दल, जिल्ला प्रशासन लगायतका सम्बन्धित निकायहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेको जानकारी समेत गराए ।   

त्यसैगरी झापाका सहायक प्रमुख जिल्ला अधिकारी भिम प्रसाद तिवारीका अनुसार झापामा मुसलधारे बर्षा भइरहेकोले उद्धार कार्य प्रभावित भएका बताए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं