21st June | 2018 | Thursday | 11:22:48 PM

राप्रपा विभाजनबारे आयोगले आइतबार टुंगो लगाउने

  POSTED ON : Sunday, 13 August, 2017 (12:45:47 AM)

राप्रपा विभाजनबारे आयोगले आइतबार टुंगो लगाउने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनबारे निर्वाचन आयोगले आइतबार अन्तिम टुंगो लगाउने भएको छ । 

राप्रपाका असन्तुष्ट पक्ष पशुपतिशमशेर राणा समूहले ४० प्रतिशत पुगेको दाबी गर्दै दल दर्ताका लागि यही साउन २२ गते आयोगमा निवेदन दिएको थियो । 

उक्त निवेदनउपर सनाखतका लागि आयोगले आइतबार छलफलमा बोलाएकाले दल विभाजनको टुंगो भोलि नै लाग्ने राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार राप्रपालाई १६५ जनाको कार्यसमिति रहेको सनाखत आयोगले गरेको छ । यी सदस्यमध्येबाट राणा समूहले ४० प्रतिशत पुगेको भनी राप्रपा (प्रजातान्त्रिक) दल बनाउन निवेदन दिएको छ । 

निर्वाचन आयोगको राजनीतिक दलसम्बन्धी ऐनको दफा (३३) को उपदफा ९२० मा संसदीय दलको ४० प्रतिशत र केन्द्रीय समितिको ४० प्रतिशत सदस्यले हस्ताक्षर गरेर नयाँ दलको मान्यता दिने भन्ने व्यवस्था छ । रासस