Date:2017/10/24 |Tuesday

किन बोलायो कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक ?

Posted on: August 13, 2017 | views: 34 |

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

केही दिनदेखि मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरो क्षतिबारे छलफल गर्न अपराह्न ४ बजे बैठक बस्न लागेको हो। काँग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले देशका अधिकांश स्थानमा आएको बाढी र पहिराका कारण जनधनको क्षति भएकाले पीडितको उद्धार र आवश्यक राहतको प्रबन्ध मिलाउने विषयमा बैठकमा छलफल हुने जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण सदस्यलाई उपस्थितिका लागि आग्रह गरिएको छ। रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं