22nd June | 2018 | Friday | 5:54:05 AM

संकटकाल घोषणा गर्ने सरकारको तयारी

  POSTED ON : Sunday, 13 August, 2017 (2:44:51 PM)

संकटकाल घोषणा गर्ने सरकारको तयारी

हिमालय टाइम्स काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।
साँझ ५ बजे बालुवाटारमा बस्ने बैठकमा उद्दार तथा राहतबारे छलफल हुने बताइएको छ ।


तराईका बाढी प्रभावित क्षेत्रमा संकटकाल घोषणा गर्नेबारे समेत छलफल भइरहेको बताइएको छ ।
 तराई मधेसका अधिकांश जिल्ला बाढीको डुवानमा परेपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।


यसै बीच गृहमन्त्री जनार्दन शर्मा बाढी ग्रस्त क्षेत्रको अवलोकनमा निस्किएका छन् ।


बाढीपहिरोको कारण हालसम्म ४९ जनाले ज्यान गुमाइसकेका छन् भने दर्जनौं बेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ । अहिले पानी परिरहेकोले उद्धार र राहतको कार्यक्रम प्रभावकारी हुन नसकेको गृहले बताएको छ ।