23rd July | 2018 | Monday | 11:22:11 PM

महान्यायाधिवक्ता श्रेष्ठले दिए राजीनामा

  POSTED ON : Sunday, 13 August, 2017 (4:54:48 PM)

महान्यायाधिवक्ता श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन्।

महान्यायाधिवक्ता श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन् । श्रेष्ठलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले कानुनी सल्लाहकारका रुपमा नियुक्त गरेका थिए।

प्रधानमन्त्रीबाट दाहालले राजीनामा दिएपछि वर्तमान प्रधानमन्त्री देउवाकै सल्लाहमा आफूले काम गरेको उनी बताउँदै आएका थिए। सुशीला कार्कीलाई महाअभियोग लगाउन श्रेष्ठले सक्रिय भूमिका खेलेको आरोप लागेको छ ।