Date:2017/08/22 |Tuesday

कांग्रेसको एक महिना बराबरको सांसद तलब बाढीपीडितलाई

Posted on: August 13, 2017 | views: 42 |

हिमालय टाइम्स काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुद्वारा आफ्नो एक महिना बराबरको तलब राहत स्वरुप बाढीपीडितलाई उपलब्ध गराउने निर्णय गरेका छन् । कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक वसेको थियो । बैठकले देशैभर बाढीपहिरोले पुर्याएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै राहत स्वरुप रकम उपलब्ध गराउने भएको हो ।


साथै आजको बैठकले यी निर्णय गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

१. वाढी र पहिरोमा परि जीवन गुमाउने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा यो बैठक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँहरुका शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । प्राकृतिक विपतको यस घडीमा उद्धार र राहत कार्यमा जुट्न सवै राजनीतिक दल, सुरक्षा निकाय, विभिन्न सामाजिक संघ संस्था, नागरिक समाज, पत्रकार, वुद्धिजीवि, उद्योगपति लगायत सबैमा नेपाली कांग्रेस हार्दिक आग्रह गर्दछ । 


२. दैवी विपत्तिको यस संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रुपमा तत्काल संचालन गर्न तथा पीडितका परिवारलाई तत्काल अति आवश्यक सामाग्री खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधी र अस्थायी बसोबासको यथाशीघ्र उचित प्रबन्धका लागि सरकारसँग नेपाली कांग्रेस आग्रह गर्दछ । सरकारद्वारा संचालन गरिने उद्धार, राहतका सबै कार्यमा सघाउन पार्टीका सदस्यहरुलाई निर्देश गर्दछ । 

३. वाढी पहिरो प्रभावित जिल्लामा नेपाली कांग्रेसका सबै निकायहरु जिल्लामा पुगी एकीकृत रुपमा उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग प¥याउँदै थप डुबानमा पर्न सक्ने क्षेत्रको पहिचान गरी उक्त क्षेत्रमा उच्च सर्तकता अपनाउने लगायतका कार्यमा जुट्न यो बैठक निर्देश गर्दछ । 


४. बाढी पहिरो पीडितहरुको उद्धार र राहतका लागि नेपाली कांग्रेसका सांसदहरुद्वारा आफ्नो एक महिना बराबरको तलब राहत स्वरुप उपलब्ध गराउने निर्णय गर्दछ । 

५. बाढी, पहिरो र डुवानका कारण क्षति भएका सडक, विद्यालय, पुलपुलेसा लगायत भौतिक पूर्वाधारहरुको यथाशीघ्र पुनर्निर्माणका लागि सरकारसँग आग्रह गर्दछ । 

६. वाढी पहिरोबाट पीडितहरुलाई राहत र सहयोग उपलब्ध गराउन आर्थिक सहयोग जुटाउनका लागि पार्टीको नेपाल बंैंक लि., कुपण्डोल शाखामा रहेको नेपाली कांग्रेस वाढी पीडित सहयोग कोषको खाता नं. ०१३५—११—००१००७५ मा यथासक्य रकम जम्मा गर्न उद्योगपति, व्यापारी, वुद्धिजीवी, नागरिक समाज, प्राध्यापक, शिक्षक, कर्मचारी, कानून व्यवसायी, विभिन्न पेशा तथा व्यवसायी लगायत  पार्टीका कार्यकर्ता, विदेश स्थित नेपाली जनसम्पर्क समिति, पार्टीका समर्थक र शुभेच्छुकहरु सबैलाई हार्दिक आह्वान गर्दछ ।  

  

कृष्णप्रसाद पौडेल

मुख्य सचिव

 




Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं