Date:2017/09/26 |Tuesday

पुनः १५ राज्यमन्त्री सहित ५० सदस्यीय मन्त्रिमण्डल

Posted on: August 22, 2017 | views: 57 |

हिमालय टाइम्स काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार मन्त्रिपरिषद् विस्तार सँगै अब ५० सदस्यीय मन्त्रिमण्डल भएको छ । 

मंगलबार कांग्रेसबाट १२ र लोकतान्त्रिक फोरमबाट ३ जना राज्यमन्त्री थपिएका छन् ।

कांग्रेसबाट सीता गुरुङ, सरिता प्रसाईं, शेषनाथ अधिकारी, नरबहादुर चन्द, अब्दुल रज्जाकगद्दी, तप्पबहादुर विष्ट, अमरसिंह पुन, दिलमान पाख्रिन, उदयशमसेर राणा, डिल्लीबहादुर चौधरी, तेजुलाल चौधरी, चम्पादेवी खड्का राज्यमन्त्रीमा नियुक्ति भएका छन् ।

त्यसैगरी लोकतान्त्रिक फोरमबाट जनकराज चौधरी, सुमित्रा थरुनी र यसोदाकुमारी लामालाई देउवाले मंगलबार सपथ गराएका छन् । 

आज थपिएका राज्यमन्त्रीहरु


क्र.स.   नाम                           मन्त्रालय (राज्यमन्त्री)

१.        सीता गुरुङ             भौतिक पूर्वाधार तथा यातायात

२.        सरिता प्रसाई           कृषि विकास

३.        शेषनाथ अधिकारी       शिक्षा

४.        नरबहादुर चन्द       वाणिञ्य

५.         अब्दुल रज्जाकगद्दी       खानेपानी

६.         तप्तबहादुर विष्ट       सूचनातथा संचार    

७.         अमरसिहपुन         सिँचाइ

८.         दिलमानपाख्रिन     कानुन, न्याय तथा संसदीय मामिला

९.         उदयशमसेर राणा     अर्थ

१०.         डिल्लीबहादुर चौधरी  श्रम तथा रोजगार

११.         तेजुलाल चौधरी      युवातथा खेलकुद

१२.         सुमित्रा थरुनी         संस्कृति, पर्यटन तथा नागरिक उडड्यन

१३.         यसोदा कुमारी लामा     भूमि सुधार तथा व्यवस्था

१४.         चम्पादेवी खड्का     सहकारी तथागरिवीनिवारण

१५.         जनकराज चौधरी      संघीयमामिला था स्थानीय विकास    



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं