Date:2017/11/23 |Thursday

उपप्रधानमन्त्री महराको सेन्जेन भ्रमण

Posted on: September 11, 2017 | views: 51 |

काठमाडौँ । छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वाङन्दोङ प्रान्तको सेन्जेन सहरमा रहेको सेन्जेन इन्टरनेसनल साइन्स एण्ड टेक्नोलोजिज विजेनेस प्लाटफर्मको भ्रमण गरे । 

आज बिहान उनले त्यहाँको अवलोकन गरी उक्त सहरमा भएको विकास र त्यहाँको औद्योगिक विकासलाई नेपालमा कसरी लैजान सकिन्छ भन्ने विषयमा छलफल गरेको उनका जनसम्पर्क तथा पेस संयोजक हरि लामिछानेले जानकारी दिए । सोही अवसरमा त्यहाँस्थित मेडिकल सामग्री उत्पादन गर्ने कम्पनी मिण्ड्रीको अवलोकन गरे । 

उक्त कम्पनीले विश्वका विभिन्न मुलुकमा एक्सरे मिसिन, एमआरआई,अल्ट्रासाउन्डलगातका अत्याधुनिक मेडिकल सामग्रीको उत्पादन गरी बिक्री गर्दै आएको छ । 

उपप्रधानमनत्री महरा आज राति स्वदेश फकिँदै छन् । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं