Date:2017/09/23 |Saturday

पूर्व सांसदलाई राज्यले सुविधा दिनु पर्ने कांग्रेसको प्रस्ताव

Posted on: September 11, 2017 | views: 37 |


हिमालय टाइम्स काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले  पूर्व सांसदहरुलाई निजामति कर्मचारीको जस्तै राज्यले सुविधा दिनुपर्ने भनि पेन्सनको प्रस्ताव राखेको छ । 

कांग्रेस सांसदहरुले जनताबाट निर्वा्चित पूर्व सांसदहरुलाई राज्यले तत्काल सुविधा उपलब्ध गराउनुपर्ने माग समेत गरेका थिए । उनीहरुले राज्यले पूर्व सांसदहरुलाई पूर्व पदाधिकारीको मान्यता नदिएकोमा पनि आपत्ति जनाएको बुझिएको छ । 

कांग्रेस संसदीय दलकी सचेतक इश्वरी न्यौपाने, अर्जुन जोशी लगायतले पूर्व सांसदलाई राज्यले पेन्सन लगायत सुबिधा उपलव्ध गराउनुपर्ने र विधेयकमा यो पनि व्यवस्था थप्नुपर्ने माग गरेका छन् ।

कांग्रेसका अर्का सांसद अर्जुनप्रसाद जोशीले निष्ठापूर्वक जनताको सेवा गरेका पूर्वसांसदहरुलाई पनि पूर्व पदाधिकारीको मान्यता दिइ सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए ।

तर जनमोर्चाका सांसद चित्रबहादुर केसीले भने जनतामाथि पीडै पीडा थपिएको बेला पूर्व सांसदहरुलाई सुविधा दिने विषय उठाउनु गलत भएको टिप्पणी गरेका छन् ।

पूर्व सांसदहरुलाई पेन्सन सुविधाको विषयमा एमाले र माओवादी केन्द्रका सांसद मौन बसेका थिए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं