Date:2017/11/23 |Thursday

लगानीमैत्री वातावरण निर्माण पहिलो प्राथमिकता : मन्त्री थापा

Posted on: September 11, 2017 | views: 60 |

काठमाडौँ । नवनियुक्त उद्योगमन्त्री सुनिलबहादुर थापाले आज मन्त्रालयमा पुगी पदबहाली गरेका छन् । 

उन राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को सिफारिसमा मन्त्री बनेका हुन् । नवनियुक्त उद्योग मन्त्री थापाले पदबहालीपछि आयोजित परिचयात्मक कार्यक्रममा मुलुकको व्यापार घाटा कम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न र रुग्ण उद्योग सञ्चालनमा आफ्नो प्रयास जारी रहने बताए । 

यसअघि थापाले विसं २०७३ साउन १९ गतेदेखि २०७४ जेठ २३ गतेसम्म वाणिज्य मन्त्रालयको कार्यभार सम्हालेका थिए । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं