Date:2017/09/23 |Saturday

गैरआवासीय नेपालीका सन्तानलाई ४ वर्षे राहदानी दिने सरकारको निर्णय

Posted on: September 11, 2017 | views: 35 |

हिमालय टाइम्स काठमाडौं । सरकारले विदेशी भूमिमा जन्मेका गैरआवासीय नेपाली नागरिकका सन्तानलाई ४ वर्षे अवधिको राहदानी दिने निर्णय गरेको छ । 

आज बसेको मन्त्रिपरिषद बैठक यस्तो निर्णय  गरेको हो ।  सो बैठकले बढीमा चार वर्षका लागि यस्तो राहदानी जारी गर्ने निर्णय गरेको हो ।

सरकारले विदेशमा रहेका नावालकहरूको हकमा दुई वर्षका लागि आवधिक राहदानी दिने व्यवस्था यसअघि पनि गरेको थियो । अब त्यस्तो राहदानीको म्याद ४ वर्षको हुनेछ  । वालिग भएपछि नागरिकता बनाउनुपर्ने छ । नागरिकता लिएपछि १० वर्षे अवधिसहितको पासपोर्ट बनाउन सकिने प्रावधान रहेको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं