Date:2017/09/23 |Saturday

मधेसीको हक अधिकारका लागि माओवादी प्रतिबद्ध: प्रचण्ड

Posted on: September 13, 2017 | views: 35 |

सप्तरी । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी परिर्वतनको संवाहक रहेकाले प्रदेश नं २ मा आफ्नो पार्टीलाई विजय गराउन आग्रह गरेका छन् ।

उनले हिजो सप्तरीको राजविराजमा पार्टीका कार्यकर्ता तथा प्रदेश नं २ अन्र्तगत सप्तरीका स्थानीय तहका उम्मेदवारसँगको भेटमा मधेसीको हकहित र अधिकारको लागि आफ्नो पार्टी सदैव लड्ने र लागि पर्ने भएकाले मधेसी जनताले आफ्नो पार्टीलाई बिर्सन नहुने बताए ।

उनले मधेसको पक्षमा वकालत गर्ने ठूला पार्टीहरु नै मधेसको विरोधी रहेको आरोप लगाउँदै आफ्ना नेता तथा कार्यकर्ताहरु मधेसका जनताबीच पार्टीको एजेन्डा लिएर जानुपर्ने बताए । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं