19th February | 2018 | Monday | 5:32:39 PM

कालोबजारी नियन्त्रण गर्न मिडियाको भूमिका महत्वपूर्ण : आपूर्तिमन्त्री

  POSTED ON : Wednesday, 13 September, 2017 (2:09:52 PM)

कालोबजारी नियन्त्रण गर्न मिडियाको भूमिका महत्वपूर्ण : आपूर्तिमन्त्री

हिमालय टाइम्स । नेपाल सरकारका आपूर्तिमन्त्री शिवकुमार मण्डलले कालोबजारी नियन्त्रणमा मिडियाको भूमिका ठूलो रहने बताएका छन् ।

अनामनगर स्थित संचार केन्द्र नेपालद्वारा मंगलबार आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री मण्डलले गलत कामलाई निगरानी राख्न मिडिया लगायत पत्रकारको अहम भूमिका रहने बताएका छन् ।
मन्त्रि मण्डलले राजधानीको व्यापारिक केन्द्र मानिने दरबार मार्गमा केही दिन अघि गरिएकोे अनुगमनमा आफूसमेतको सम्लग्नता रहेको र अनुगमनमा दोषी देखिएकालाई कारबाही अघि बढाउने बताए ।
सुचना केन्द्र नेपालका अध्यक्ष गोविन्द चौलागाईको अध्यक्षतामा भएको ‘कालोबजारी नियन्त्रणका उपायहरु’ विषयक अन्तक्र्रियामा काठमाडौंका प्रमुख जिल्ला अधिकारीे केदारनाथ शर्माले चाडबाडको मौका छोपी व्यापारीबाट हुनसक्ने सम्भावित कालोबजारीलाई हतोत्साही गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । उनले भने, ‘कालोबजारी नियन्त्रणको लागि अनुगमनलाई अभियानकै रुपमा बर्षैभरि निगरानी राख्नु जरुरी छ ।’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा प्रमुख अतिथि रहेको उक्त अन्तक्र्रिया कार्यक्रममा एआईजी जय बहादुर चन्द, नागरिक न्यायिक उपभोक्तामञ्चका महासचिव रञ्जन खनाल लगायतको सहभागिता थियो ।
कार्यक्रमको औचित्य माथि संस्थाका अध्यक्ष गोबिन्द चौलागाईंले प्रकाश पारेका थिए भने कार्यक्रम संचालन संस्थाका केन्द्रीय सदस्य दुर्गाप्रसाद चौलागाईंले गरेका थिए ।


सम्बन्धित सामग्री: