Date:2017/11/23 |Thursday

एमाले अध्यक्ष ओलीले शुक्रबार प्रदेश नं. २ का चुनावी सभालाई सम्बोधन गर्ने

Posted on: September 14, 2017 | views: 52 |

हिमालय टाइम्स काठमाडौं । प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमालेले अध्यक्ष केपी शर्मा ओलीबाहेक सबै नेता तराईंमै केन्द्रित भएको बेला ओली समेत शुक्रबार तराई झर्ने भएका छन् । 

एमाले अध्यक्ष ओलीले शुक्रबार जितपुर –सिमरा उपमहानगरपालिका, बर्दिया नगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाद्धारा जारी विज्ञप्तिमा बताइएको छ । 

अध्यक्ष ओली शुक्रबार दिउँसो बर्दिवास जान लागेका हुन् । ओलीले शुक्रबारै बर्दिवासमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

ओलीबाहेक एमालेका अन्य नेताहरु २ नम्बर प्रदेशको चुनाव प्रचारमा खटिरहेका छन् । बरिष्ठ नेता माधबकुमार नेपाल, झलनाथ खनाल महासचिव ईश्वर पोख्रेल,सचिव योगेश भट्टराई, पृथ्वीसुब्बा गुरुङ, प्रदिप ज्ञवाली लगायतका नेताहरु चुनाव प्रचारप्रसारमा लामो समयदेखि खटिएका छन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं