Date:2017/10/20 |Friday

वाम गठबन्धनको पहिलो नतिजा चितवन जिसस चुनावमा

Posted on: October 11, 2017 | views: 46 |

हिमालय टाइम्स चितवन । दशैंको सरप्राइज स्वरुप वाम गठबन्धन गर्न पुगेका नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपाल बीचको पहिलो परिक्षाफल  चितवन जिल्ला समन्वय समितिको चुनावमा देखिएको छ ।

जस अनुसार नेकपा एमालेका कृष्णकुमार डल्लाकोटी निर्वा्चित भएका छन् । उनले कांग्रेस उम्मेदवार भरत अधिकारीलाई ८ मत अन्तरले हराएर वाम तालमेलको शुरुवाती गरे ।

डल्लाकोटीले ११ र अधिकारीले ३ मत पाएका छन् । जिससको चुनावमा एमाले उम्मेदवारलाई माओवादी केन्द्रले समर्थन गरेको हो । तर स्थानीय चुनावमा भने माओवादीले नेपाली कांग्रेससँग तालमेल गरेको थियो । जस अनुसार भरतपुर महानगरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले कांग्रेसको मत पाई विजयी भएकी थिइन् ।

वाम गठबन्धन गर्दै पार्टी एकता गर्ने निर्णय गरेका एमाले र माओवादीले त्यसको प्रारम्भिक सुरुवात चितवन जिससबाट गरेको कारण वाम तालमेल सफल हुने अनुमान गर्न थालिएको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं