22nd July | 2018 | Sunday | 10:29:51 PM

आखिर किन गर्यो कांग्रेसले संसदीय समिति गठन ?

  POSTED ON : Wednesday, 11 October, 2017 (7:07:58 PM)

आखिर किन गर्यो कांग्रेसले संसदीय समिति गठन ?

हिमालय टाइम्स । प्रमुख दल नेपाली कांग्रेसले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार छान्न १७ सदस्यीय संसदीय समिति गठन गरेको छ ।

बर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले आजै उक्त बोर्ड गठन गरेका हुन्।  समितिका १७ सदस्यहरुमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, सीतादेवी यादव, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी, डा. रामशरण महत, चित्रलेखा यादव, महेश आचार्य, बालकृष्ण खाण, डा. प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

विधानअनुसार समितिले संघीय संसद् र प्रदेशसभामा काँग्रेसका तर्फबाट चुनाव लड्ने उम्मेदवारको अन्तिम निर्णय गर्नेछ ।