19th February | 2018 | Monday | 4:05:52 AM

नगर कार्यपालिकामा राजपा र फोरमको प्यानल विजयी

  POSTED ON : Wednesday, 11 October, 2017 (7:32:59 PM)

नगर कार्यपालिकामा राजपा र फोरमको प्यानल विजयी

सप्तरी । राजविराज नगर कार्यपालिकाको सदस्यका लागि भएको मतदानमा राजपा र फोरमको प्यानल नै विजयी भएको छ । 

कार्यपालिकाको मतदानबाट दलित तथा अल्पसंख्यकतर्फ तीन जनाका लागि भएको चुनावमा राजपाका प्रमोद कुमार कावरा ७० मत, राजपाका विपिन करण ५८ र फोरम नेपालका शिव नारायण साफीले ५३ मत ल्याएर विजय भएका छन् । 

यसैगरी पाँच जना महिला सदस्य विजय भएका छन् । राजपाका रूकसना खातुनले ६७, राजपाका सतादेवी मण्डलले ६५ र फोरम नेपालका शुभकला रजक ६० मत ल्याई विजयी भएका छन् । 

यसैगरी फोरमका अनितादेवी चौधरीले ६१ र फोरमका फुदनीदेवी रामले ५८ मत ल्याई विजय भएको मुख्य नर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वा्चित आठ जना सदस्यले मुख्य निर्वाचन अधिकृत शारदा कोइरालासँग शपथ ग्रहण गरे । रासस