Date:2017/10/20 |Friday

राप्रपा सुर्खेतले ग¥यो उम्मेदवार सिफारिश

Posted on: October 11, 2017 | views: 124 |

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति सुर्खेतको बैठकले आगामी प्रदेशसभा तथा प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिश गरेको छ । 

सुर्खेतको क्षेत्र नं १ प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ गुर्वाकोट नगर समितिका अध्यक्ष लक्ष्मीप्रसाद शर्मा र कर्णबहादुर शाही सिफारिशमा परेका छन् । समानुपातिकतर्फ केन्द्रीय सदस्य ओमबहादुर जिसी र छत्रपति थापालाई सिफारिश गरिएको छ । 

त्यसैगरी, प्रदेशसभाअन्तर्गत क्षेत्र नं १ को (क) का लागि प्रत्यक्षतर्फ जिल्ला समिति सदस्य देवीराम चुनारा र वीरबहादुर खड्कालाई सिफारिश गरिएको छ । समानुपातिकतर्फ जिल्ला समिति सदस्य कलावती रेग्मी र खीमबहादुर रोकाय सिफारिशमा परेका छन् । क्षेत्र नं १ को (ख) का लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ का अध्यक्ष मानबहादुर खरेल, लोकेन्द्रबहादुर शाही र जितबहादुर खड्कालाई सिफारिश गरिएको छ । समानुपातिकतर्फ भेरिगंगा नगर उपाध्यक्ष गोपाल हमाल, विमला थापा, चन्द्रकला बादी र प्रेमबहादुर शाहीलाई सिफारिश गरिएको छ ।  

त्यसैगरी, निर्वाचन क्षेत्र नं २ प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ सूर्य खत्री, भद्रबहादुर शाही र श्याम पुरीलाई सिफारिश गरिएको छ । समानुपातिकतर्फ जिल्ला समिति सदस्य भरतप्रसाद ढकाल, कर्णकुमारी श्रेष्ठ, सन्तोसी शाही, टीका योगी, सीतादेवी खाण, रामबहादुर रोकायलगायत सिफारिशमा परेका छन् । 

क्षेत्र नं २ को (क) का लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य तुलाराम गिरी, अशोक थापा र अञ्जु बस्याललाई सिफारिश गरिएको छ । समानुपातिकतर्फ मुकुन्दश्याम गिरी, मानबहादुर खड्का, जनक सिंह ठकुरी, ईश्वर श्रेष्ठ, झरसिंह सुनार र भूपेन्द्रनाथ योगी सिफारिशमा परेका छन् । 

त्यसैगरी, क्षेत्र नं २ को (ख) का लागि प्रत्यक्षतर्फ क्षेत्र नं २ का क्षेत्रीय उपाध्यक्ष लक्ष्मीबहादुर बयक क्षेत्री र समानुपातिकतर्फ जिल्ला समितिका उपाध्यक्ष गंगाराम देउवालाई सिफारिस गरिएको राप्रपा जिल्ला कार्य समिति सुर्खेतले जनाएको छ । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं