20th September | 2018 | Thursday | 10:57:58 PM

सरकार बचाउन समर्थन दिएको अध्यक्ष थापाको भनाइ

  POSTED ON : Wednesday, 11 October, 2017 (8:38:52 PM)

सरकार बचाउन समर्थन दिएको अध्यक्ष थापाको भनाइ

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धरापमा परेको सरकारलाई बचाउन आफ्नो पार्टीले समर्थन गरेको बताएका छन् । 

बुटवलमा आज रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा अध्यक्ष थापाले निर्वाचन मंसिरमै हुने सुनिश्चितताका लागि सरकारको समर्थन गरेको उल्लेख गरे । 

निर्वाचन समयमै गर्न प्रधानमन्त्री प्रतिबद्ध रहेको अध्यक्ष थापाको भनाइ थियो । 

उनले सरकारलाई अप्ठेरो पार्न बाम एकता भएको बताउँदै अब लोकतन्त्रावादीहरुको एकताका लागि निर्वाचनमा काँग्रेस र अन्य लोकतान्त्रिक दलहरूसँग समीकरण गरेर जाने जानकारी दिए । 

उनले भने, “लोकतान्त्रिक शक्तिबीच तालमेल भए पनि सिट संख्याको विषयमा टुंगो लागेको छैन ।” 

दुई राप्रपाको एकीकरण भने हल्ला मात्रै भएको उनले बताए । 

मंसिरमा निर्वाचन सम्पन्न भएसँगै हिन्दु राष्ट्रको विषयमा पनि जनमत संग्रह हुनुपर्ने उनको तर्क थियो । रासस


Views: 67