Date:2017/10/20 |Friday

सीमा रक्षकबाट परिचित देवनारायण र मेघराज एमाले प्रवेश

Posted on: October 12, 2017 | views: 29 |

हिमालय टाइम्स । सप्तरी तिलाठीका सीमा रक्षकका नाउँबाट परिचय कमाएका देवनारायण यादव एमाले प्रवेश गरेका छन् । 

देशको रक्षा गर्ने पार्टी एमाले भएकाले आफूले एमाले प्रवेश गरेको बताएका यादवसँगै मधेस समता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री मेघराज निषाद पनि एमालेमा प्रवेश गरेका छन् । बिहीवार एमाले संसदीय दलको कार्यालयमा पुगी अध्यक्ष केपी शर्मा ओलीबाट टीका लगार्ई उनिहरु एमालेमा प्रवेश गरेका हुन् । 

तिलाठी काण्डपछि चर्चित बनेका यादवलाई अपहरणको मुद्दा लगाएर भारतीय सुरक्षाकर्मीले तीन साताअघि उनि सहित उनका छोरालाई पक्राउ गरी थुनेको थियो । भारतीय कारागारबाट छुटेर नेपाल फर्केपछि यादव काठमाडौं आएर एमाले प्रवेश गरेका हुन् । 


यादव ०४९ सालमा नेपाली कांग्रेसका तर्फबाट सप्तरी जिल्ला विकास समितिको सदस्यमा निर्वा्चित भएका थिए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं