Date:2017/10/20 |Friday

नैतिकताको आधारमा माओवादीले सरकार छाड्नुपर्छ : राणा

Posted on: October 12, 2017 | views: 38 |

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले नेकपा (माओवादी केन्द्र)ले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताएका छन् । 

आज रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले माओवादीले आफू सरकार पनि सामेल हुने र प्रतिपक्षसँग गठबन्धन गरी सरकारमै बसिराख्ने काम राजनीतिक बेइमानी हो भने । 

अध्यक्ष राणाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा उपत्यकाभित्रै भएको निर्माण व्यवसायी महासङ्घका अध्यक्षको हत्याले सुरक्षा अवस्था कमजोर रहेको तथ्य प्रस्ट्याएको बताए । 

उनले राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच अबको दुई–चार दिनमै पार्टी एकता हुने विश्वास पनि व्यक्त गरे।रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं