20th June | 2018 | Wednesday | 2:59:04 PM

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने प्रधानमन्त्रीको भनाइ

  POSTED ON : Thursday, 12 October, 2017 (7:23:27 PM)

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने प्रधानमन्त्रीको भनाइ

हिमालय टाइम्स काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति नसर्ने स्पष्ट पारेका छन् ।

विहिबारको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रको सम्युक्त बैठकमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज अपरान्ह बसेको बैठकमा प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सरकार प्रतिबद्ध रहेको समेत बताएका छन् ।