Date:2017/12/14 |Thursday

डाक्टर भट्टराईले पार्टी बैठकमा आफ्नो उम्मेदवारी बारे यसो भने...

Posted on: October 13, 2017 | views: 72 |

हिमालय टाइम्स । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले आफू गोरखाबाटै चुनाव लड्ने बताएका छन् । काठमाडौंमा जारी पार्टी सचिवालय बैठकलाई सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आफू गोरखाबाटै चुनाव लड्ने बताए ।

भट्टराईले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दिल खुला हुनुपर्नेमा झनै चाम्रो बन्दै गएको बैठकमा टिप्पणी गरेका थिए । माओवादी केन्द्रले गोरखाका दुवै क्षेत्र नछाड्ने अडान लिएपछि भट्टराई एक्लै चुनाव लड्ने निर्णयमा पुगेका हुन् । 

उनले अझै वाम गठबन्धन सफल बनाउन लागिपर्ने पनि बैठकमा बताए । भट्टराई गोरखा २ बाट चुनाव लड्ने योजनामा छन् ।




Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं