Date:2017/10/20 |Friday

तीन दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगियो

Posted on: October 13, 2017 | views: 36 |

हिमालय टाइम्स काठमाडौं । सभामुखको कार्यकक्षमा बसेको तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ । चिकित्सा शिक्षा विधेयक र राष्ट्रिय सभा सम्वन्धी विधेयकमा सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठकमा सहमति हुन सकेन । 

यससँगै संसदको यो बैठकबाट यी दुबै विधेयक ल्याउने प्रयास पनि प्रभावित बनेको छ । ब्यवस्थापिका संसदको अन्तिम बैठक भोली बस्ने र सो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने तयारी भएपछि विधेयकमा सहमति जुट्ने सम्भावना समेत तत्कालका लागि टरेको छ ।

विधेयकमा १० वर्षसम्म काठमाडौंमा मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिने लगायतका प्रस्ताव गरिएको छ । 

यस प्रकारको व्यवस्थाले काठमाडौंमा रहेको मनमोहन मेमोरियल मेडिकल कलेज र झापाको बीएण्डसीले सम्बन्धन नपाउने भएपछि एमाले र माओबादी केन्द्रले विधेयकमा बिरोध जनाएका हुन् ।   

दलहरुबीच सहमति जुटाउने प्रयासमा सभामुख ओनसरी घर्तीको पहलमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको थियो । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं