20th September | 2018 | Thursday | 9:56:51 PM

नयाँ शक्ति नेपाल ‘आँखा’ चुनाव चिह्न लिएर एक्लै लड्ने

  POSTED ON : Friday, 13 October, 2017 (7:00:26 PM)

नयाँ शक्ति नेपाल ‘आँखा’ चुनाव चिह्न लिएर एक्लै लड्ने

हिमालय टाइम्स । नयाँ शक्ति नेपाल एक्लै चुनाव लड्ने भएको छ । वाम गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको भन्दै नयाँ शक्ति पार्टीको शुक्रबार बसेको सचिवालय बैठकले मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने निर्णय गरेको छ ।

बैठकले संयोजक बाबुराम भट्टराईसहितका शीर्ष नेताहरुको निर्वाचन क्षेत्र पनि टुंगो लगाएको छ ।

बैठकपछि जारी विज्ञप्तिमा लेखिएको छ, ‘गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने ।’

बैठक पछि डाक्टर बाबुराम भट्टराईले टुइट्गर्दै यसो भनेका छन् ।

हाम्रा ‘आँखा खुले’ तपाईंको नि?



Views: 114