Date:2017/11/23 |Thursday

साना पाँच पार्टीको संयुक्त घोषणापत्र

Posted on: November 15, 2017 | views: 19 |

हिमालय टाइम्स 

काठमाडौं । राष्ट्रिय शिव सेना पार्टी, पुरानो शक्ति पार्टी, राष्ट्रिय नागरिक पार्टी, शान्ति क्षेत्र परिषद् र लोकतान्त्रिक फोरमबीच चुनावी गठबन्धन भएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शिव सेनाका अध्यक्ष विक्रमबहादुर बमले पाँच पार्टीबीच आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी गठबन्धन भएको जानकारी दिए । पाँच पार्टीको गठबन्धनले  मंगलबार नै संयुक्त घोषणापत्रसमेत सार्वजनिक गरेको छ । 

उनले आफूहरूको गठबन्धन गणतन्त्रका विरुद्धमा रहेको भन्दै संवैधानिक राजसंस्था र हिन्दू–बौद्ध अधिराज्य स्थापनाका लागि गठबन्धनले जस्तोसुकै कदमसमेत चाल्न सक्ने बताए । 

पुरानो शक्ति पार्टीका अध्यक्ष बालकृष्ण न्यौपानले विश्वमा रहेका ५० करोड बुद्धिस्टहरूलाई वर्षमा एक प्रतिशतलाई मात्रै नेपाल घुम्नका लागि बोलाउन सकिए पनि मुलुकको विकासमा ठूलो टेवा पुग्ने बताए ।

उनले मुलुक समृद्ध बनाउनका लागि विकासका एजेन्डाहरू अघि सारेको बताउँदै अहिलेको शासन पद्धतिअनुसार मुलुक चल्न नसक्ने ठोकुवा गरे । उनले मुलुकलाई सहीमार्गमा अघि बढाउनको लागि ०४७ सालकै संविधान पुनस्र्थापना गर्नुपर्नेमा जोड दिए । 

लोकतान्त्रिक फोरमका उपाध्यक्ष भूमि आचार्यले तत्कालीन पार्टी अध्यक्ष विजयकुमार गच्छदारले कांग्रेससँग एकता गरेर जनतालाई धोका दिएकाले आफूहरूले बाध्य भएर राष्ट्रिय शिवसेना पार्टीसँग गठबन्धन बनाएको स्पष्ट पारे ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं