Date:2017/12/14 |Thursday

पहिलो चरण निर्वाचनको मौन अवधि १२ बजे रातिबाट सुरु

Posted on: November 23, 2017 | views: 55 |

हिमालय टाइम्स काठमाडौं । पहिलो चरण प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मौन अवधि विहीबार राति १२ बजेबाट सुरु हुँदैछ । मौन अवधिमा चुनावी प्रचारप्रसार गरेको पाइएमा उम्मेदवारको उम्मेदवारी रद्दसम्मको कारबाही हुने निर्वाचन आयोगले चेतावनी दिएको छ ।

मौन अवधि उल्लंघन गर्ने सञ्चारमाध्यम र अन्यलाई भने एक लाखसम्म जरीवाना हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी गराएका छन् ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा बिहीबार मध्यरात १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।

मौन अवधिभरराजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीहरुले आचारसंहिताविपरीत काम गर्न पाउँदैनन् । साथै सञ्चारमाध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार–प्रसार गर्न पाउने छैनन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं