22nd May | 2018 | Tuesday | 6:43:38 PM

मतदानका दिन सामान्य मौसम

  POSTED ON : Saturday, 25 November, 2017 (11:19:53 AM)

मतदानका दिन सामान्य मौसम

काठमाडौं (हिटा) । पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा मतदानका दिन, मंसिर १० गते, सामान्यतया मौसम सफा रहने छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार पहिलो चरणमा मतदान हुने जिल्लामा मौसमले असर पर्ने देखिँदैन ।

विभागकी मौसमविद् शान्ति कँडेलले एक–दुई ठाउँको मौसम सामान्य दली हुनेअनुमान छ तर त्यसले असर सम्भावना कम छ । केही दिनअघि केही हिमाली क्षेत्रमा सामान्य हिमपात भएको थियो । शुक्रबार काठमाडौं उपत्यकालगायत देशैभरिको मौसम सफा रहृयो । 

शुक्रबार देशका केही उच्च पहाडी र हिमाली जिल्लामा आंशिक बदली भएको मौसमविद् कँडेलले बताइन् । उनले भनिन्, ‘आजबाट देशको पूर्वी र पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली भएको छ तर निर्वाचनको समयमा भने खासै असर गर्दैन । उच्च हिमाली क्षेत्रमा समान्य हिमपात भएपनि समस्या गर्ने देखिँदैन ।’ 

उनका अनुसार उच्च पहाडी तथा हिमाली जिल्लामा चिसो भने बढ्दै जानेछ । चिसो बढेपनि वर्षा र हिमपात हुने कुनै संकेत छैन । केही ठाउँमा सामान्ज्य बदली हुने संकेत छ तर चुनावमा असर गर्ने देखिँदैन ।