19th February | 2018 | Monday | 4:08:51 AM

चन्दका कार्यकर्ता काठमाडौंबाट पक्राउ

  POSTED ON : Saturday, 25 November, 2017 (11:22:33 AM)

चन्दका कार्यकर्ता काठमाडौंबाट पक्राउ

हिमालय टाइम्स

काठमाडौं । प्रहरीले निर्वाचनको विपक्षमा रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर चन्द काठमाडौंबाट पक्राउ परेका छन् । पार्टीको लुम्बिनी व्युरोको इन्चार्जसमेत रहेका चन्द्रबहादुर पक्राउ परेको नेकपाले जनाएको छ । 

पार्टी स्रोतका अनुसार छोराको उपचारका लागि काठमाडौं आएका बेला प्रहरीले उनलाई पक्राउ गरेको हो । चुनाव विरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले नेकपाका नेता कार्यकर्तामाथि निगरानी बढाउँदै देशका विभिन्न भागबाट कार्यकर्ता पक्राउ गरेको छ । देशका विभिन्न भागमा राजनीतिक दल र उम्मेदवारलाई लक्षित गरेर भएका बम विष्फोटमा नेकपाको हात रहेको प्रहरीको अनुमान छ । पार्टीले भने घटनाहरूको जिम्मेवारी लिएको छैन । यसअघि एमाले विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष नविना लामाका पिता माणिक लामा पनि आफ्नै निवासबाट पक्राउ परेका थिए । उनी पनि चन्द नेतृत्वको पार्टीका आबद्ध छन् ।

यस्तै निर्वाचन सुरक्षाको उच्च जोखिममा रहेका मानिएका तथा हिंसात्मक घटना भएका स्थानमा आयोगका पदाधिकारीले भ्रमण गरेका छन् । शुक्रबार रसुवामा प्रमुख निर्वाचन आयुक्त, अयोधीप्रसाद यादवले अवलोकन गरेका छन् । मतदानको दिन आउन दुई दिनमात्र बाँकी रहँदा जिल्लामा हवाइफायर गर्नुपर्ने अवस्था आएको देखिएकाले निर्वाचनविरोधी गतिविधि हुन नदिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीलाई उच्च सतर्कता अपनाउन उनल आहग्र गरे । जिल्लामा पछिल्लो समय उम्मेदवार तथा नेतामाथि आक्रमणको घटना बढ्दै गएकाले स्थिति नियन्त्रण कुनै कसुर बाँकी नराख्न उनले निर्देशन दिए ।