Date:2017/12/14 |Thursday

दिउँसो ४ बजेसम्म करिव ६० प्रतिशत मतदान

Posted on: December 07, 2017 | views: 33 |

हिमालय टाइम्स काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आज भएको मतदानमा अहिले दिउँसो ४ बजेसम्म करिव ६० प्रतिशत मतदान भएको जानकारी दिएको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान भइरहेको छ ।

 सबैभन्दा बढी सुर्खेतमा ६३, मकवानपुरमा ६० र मोरङ जिल्लामा ५८ प्रतिशत मतदान भएको छ । त्यसैगरी, इलाम, झापा, धनकुटा, रौतहट, सिन्धुली काठमाडौं, भक्तपुर, चितवनलगायतका जिल्लामा ५५ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं