17th October | 2018 | Wednesday | 6:02:48 PM

चुनाव सार्ने सबै प्रयास असफल भए, देश राजनीतिक स्थिरताको बाटोमा : ओली

  POSTED ON : Thursday, 07 December, 2017 (5:55:13 PM)

चुनाव सार्ने सबै प्रयास असफल भए, देश राजनीतिक स्थिरताको बाटोमा : ओली

हिमालय टाइम्स काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव सार्ने प्रधानमन्त्री शेरबहादुर देउवाका सबै प्रयासहरु असफल भएको बताएका छन् ।

 भक्तपुर क्षेत्र नम्बर २ को बालकोटबाट अबेरतिर आफूले मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री चुनाव सार्न हरसम्भव प्रयास गरेको आरोप लगाएका हुन् । 

उनले भने, ‘उहाँले आफ्ना सहयात्रीहरुलाई अदालत धाउन लगाउनेदेखि मतपत्र छाप्न नभ्याउनेसम्मका अनेक समस्या खडा गर्नुभयो । त्यो समस्या लिएर अदालतमा पठाउने लगायतका तमासा पनि गर्नुभयो, तर हामीले चुनाव बाहेक अरु कुरामा ध्यान दिएनौं ।’ 

ओलीले चुनाव सम्पन्न भइसकेकाले अब देश राजनीतिक स्थिरताको बाटोमा अघि बढ्ने दावी समेत गरे ।


Views: 84