22nd February | 2018 | Thursday | 2:44:37 AM

सरदर ६४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

  POSTED ON : Thursday, 07 December, 2017 (6:06:16 PM)

सरदर ६४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

हिमालय टाइम्स काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरण अन्तर्गत आज ४५ जिल्लामा मतदान सम्पन्न भएको छ । आज भएको निर्वाचनमा सरदर ६४ प्रतिशत भन्दा बढी मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन आयोगले जनाएको छ ।

गत स्थानीय चुनावको तुलनामा कम मतदान हुनुमा दशैं तिहार छठ जस्ता पर्व पछि धेरै जसो युवायुवती विदेशमा काम गर्न गएका कारणले पनि मतदान कम खसेको हुनसक्ने अनुमान गरिएको छ ।

गत स्थानीय चुनावमा झण्डै ७८ प्रतिशत मतदान भएको थियो ।